बैशाख १८, २०८१, मंगलबार
               

विश्वासिलो वातावरण नबनेसम्म एकता हुँदैन : नेता नेपाल

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताएका छन् । आफूनिकट केन्द्रीय सस्यहरूको भेलालाई बिहीबार सम्बोधन गर्दै नेपालले त्यस्तो बताएका हुन । 

पार्टी एकताका लागि अहिले पनि वार्ता जारी रहेको भन्दै नेता नेपालले आफू एकताबद्ध एमालेको पक्षमा रहेको बताएका थिए ।
केही विषयमा सहमति भए पनि केहीमा वार्ता जारी रहेको उनले बताए । त्यस अवसरमा नेपालले वार्ता टुंगोमा पुग्ने र पार्टी एकता हुने आशा व्यक्त गरेका थिए । 

कार्यक्रमको अध्यक्षता गरेका नेपालले बोलेपछि वार्ता कार्यदलमा नेपाल पक्षका तर्फबाट संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए । १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै त्यसलाई सामान्यरूपमा नलिन रावलले आग्रह गरेका थिए । 

केपी ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै उनले यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने बताएका थिए । जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछि मात्र सदस्यता नवीकरण लगायतका कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको त्यस अवसरमा रावलले जानकारी दिएका थिए ।

कार्यक्रममा ठाकुर गैरे, झपट रावल, भागवत विश्वासी, डा.विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, रामकुमारी झाँक्री, निरा जैरु, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले बोलेका थिए । बैठकमा ७० जना भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको नेपाल पक्षले दाबी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि