बैशाख १८, २०८१, मंगलबार
               

माधवपक्षीय बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई किन आएनन् ?

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी  छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।

बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण झण्डै ४ घण्टा ढिला सुरू भएको हो । आजको बैठकमा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि उपस्थित छैनन् ।

कोरोनाको कन्ट्रयाक्ट ट्रेसिङका कारण उनीहरू बैठकमा सहभागी नभएको दाबी छ । नेपालको सचिवलयले पाण्डेको पिएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेको जनाइएकाे छ । बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेकाे बताइएकाे छ । 

यो पनि