बैशाख १८, २०८१, मंगलबार
               

आज बस्ने भनिएको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । 

उक्त आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको थियो । तर, भोलासम्मका लागि बैठक स्थगित भएको नेपाल निकट नेता बेदुराम भूषालले बताए । 

सो बैठकको विषयमा तयारी नपुगेकाले आज स्थगित गरिएको उनको भनाइ छ । केही नेताहरु काठमाडौं बाहिर रहेकाले बैठक भोलिका लागि सारिएको भूषालले बताए ।

पार्टीभित्रको विवाद समाधानको लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाएको बताइएकोछ । 

बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ । एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राखेका छन् । 

यो पनि