जेठ ०१, २०८१, मंगलबार
               

गृहमन्त्री खाँण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोरोना नियन्त्रणको लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ ।

भेटमा गृहमन्त्री खाँणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए ।

गृहमन्त्री खाँणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका थिए । 


कस्तो लाग्यो ?

यो पनि