विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्काे दस्तावेज ल्याएका छन् ।पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले नयाँ दस्तावेज ल्याएका हुन् ।
अध्यक्ष मिश्रले पार्टीमा छलफल नगरी संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह हुनुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेपछि विवेकशिलभित्रै आलोचना हुन थालेपछि ४ जनाले विपक्षीमा अर्काे प्रस्ताव गरेका बुझिएकाे छ ।