जेठ ०८, २०८१, मंगलबार
               

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सरकारको साझा कार्यक्रम टुंगो लगाउने

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दै छ ।

बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् । सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो ।

साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी छ । गत असार २९ गते प्रधानमनत्री बनेका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबारै नेता नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् ।

प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन्  ।


कस्तो लाग्यो ?

यो पनि