जेठ ०८, २०८१, मंगलबार
               

बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीच छलफल शुरु

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक बालुवाटारमा शुरु भएको छ ।

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ ।

शीर्ष नेताको बैठक अघि कार्यदलका सदस्यहरूले बालुवाटारमा छलफल गरेका थिए । 

यो पनि