कात्तिक ०२, २०८१, शुक्रबार
               

स्थायी कमिटी बैठकमा गएनन् वामदेव गौतम

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम फेरि अनुपस्थित भएका छन् ।

सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन् ।

यसअघि आइतबारको स्थायी कमिटी बैठकमा भने गौतम उपस्थित भएका थिए ।

पार्टीमा खासगरी माधवकुमार नेपाल पक्षसँग ओलीको विवाद सुरु भएपछि गौतम ओलीले डाकेका बैठकहरुमा नियमित छैनन् । यो बीचमा उनले नेता नेपालसँग पनि एक्लै भेटवार्ता गरेका छन् ।

यो पनि