जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्ड र नेपालबीच कोटेश्वरमा छलफल जारी

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास पुगेका छन्  । कोटेश्वरस्थित नेता नेपालको निवासमा अहिले दुई नेताबीच छलफल जारी छ । 

सरकारमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता नेपाललाई बारम्बार आग्रह गर्दै आएका छन् । एमाले एकताका लागि प्रयास जारी रहेको अवस्थामा आफू सरकारमा सहभागी हुन नसक्ने नेता नेपालले बताउँदै आएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना छ । मन्त्रीपरिषद् विस्तार गर्ने पुर्व सन्ध्यामा दाहाल नेता नेपाललाई भेट्न उनको निवासमा पुगेका हुन् । 

माओवादी केन्द्रको सोमबार बस्ने स्थायी कमिटी बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउने तयारी गरेको थियो । तर, ३ बजेका लागि बोलाइएको बैठक भने अध्यक्ष दाहालको कार्यव्यस्तता भन्दै स्थगित गरिएको छ । 

सत्तागठबन्धन जसपाले पनि सोमबार नै मन्त्रीको नाम दिन सक्ने बताइएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आइतबार बेलुकी प्रधानमन्त्री देउवासित भेटवार्ता गरेका थिए ।

यो पनि