जेठ ०६, २०८१, आइतबार
               

माओवादीले सांसदबाट पदमुक्त गराएका नेताको रिटमा आज पेशी

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेशी तोकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा चार नेताको मुद्दामाथि सुनुवाइको पेशी तोकिएको हो ।

नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले गत बुधबार दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि यसअघि दुईपटक पेशी तोकिए पनि पछिल्लो पटक रिट निवेदककै तर्फबाट सारिएको थियो ।

चारैजना नेताहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि