जेठ ०६, २०८१, आइतबार
               

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने सोही पार्टी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने छ ।

यसअघि प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री रहेका छन् । शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको बुझिएको छ ।


कस्तो लाग्यो ?

यो पनि