बैशाख १५, २०८१, शनिबार
               

दार्चुला घटनाबारे बोले कमल थापा

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय सीमा सुरक्षा बलले तुइन काटेको घटनामा भारत सरकारले नेपालसँग सार्वजनिक माफी माग्नु पर्ने बताएका छन् । 

दार्चुलाको व्यास गाउँपालिका-२ का ३५ वर्षीय जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटिदिँदा महाकालीमा खसेर उनी बेपत्ता भएको भोलिपल्ट अध्यक्ष थापाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

यदि घटना सत्य हो भने त्यस्तो अमानवीय कार्यमा संलग्न दोषीलाई भारतले सरकारले कारबाही गर्नुपर्ने समेत थापाकफ माग छ ।

'दार्चुलामा महाकाली तर्न लाग्दा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको दिएका कारण नदीमा डुबेर जयसिंह धामीको दु:खद निधन भएको घटनाको छानविन गर्न सरकारसॅग माग गर्दछु', थापाले भनेका छन्, 'यदि घटना सत्य हो भने त्यस अमानवीय कार्यमा संलग्न दोषीलाई भारत सरकारले कारवाही गर्नु पर्छ र सार्वजनिकरूपमा माफी माग्नु पर्छ ।'

यो पनि