बैशाख १६, २०८१, आइतबार
               

जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका तीनजनाको सांसद पद गुमेको छ ।

शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी पत्र पठाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनीहरूको पदमुक्तको जानकारी गराएको छ ।

उनीहरुलाई प्रदेशसभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जारी गरेको ह्वीप उल्लंघन गरेको आरोपमा जसपाले कारवाही गरेको थियो ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि बिहीबार लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभालाई कारवाहीको पत्र लेखेको थियो ।

जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै  उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्बहाली भएका थिए ।

तर अहिले यादवले  पार्टीको आधिकारिकता प्राप्त गरेपछि फेरि पार्टीको निर्देशन नमानेको भन्दै कारवाही गरेको  प्रदेश सभामा पत्र पठाएको छ ।

सोही आधारमा आज लुम्बिनी प्रदेश सभाले कारवाही गरेको हो । तर उनीहरुको अदालतमा मुद्दा विचाराधीन नै रहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि