जेठ ०६, २०८१, आइतबार
               

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाइ स्थगित

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफूहरुको सांसद पद कायम गरी पाउँ भनी सर्वोच्चमा रिट दायर गरेका छन् ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा शुक्रबार उनीहरुको रिटको पेसी तोकिएको थियो । तर, रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि शुक्रबारलाई सुनुवाई स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

माधव नेपाल भेट्न कोटेश्वरमा विष्णु पौडेल काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेलले भेट गरेका छन् ।  नेता नेपाललाई भेट्न नेता पौडेल कोटेश्वर पुगेका हुन् । अहिले भेटवार्ता चलिरहेको छ ।  बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गरेको बताइएको छ ।

गएको २७ असारमा दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन । एमाले बैठकले कार्यदल विघटन गरेपनि नेताहरूले अनौपचारिक वार्तालाई कायम राखेका छन् । सोही क्रममा  नेता नेम्वाङ र पौडेलले नेपाललाई भेटेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि