बैशाख २४, २०८१, सोमबार
               

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । विघटित  प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि केही दिनअघिबाट निरन्तर संसद बैठक बस्दै आएको छ ।

सोही अनुरुप आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले  जनाएको छ । दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद बैठक बिजनेसविहीन बनेको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश गरेका छैनन् । 
 


कस्तो लाग्यो ?

यो पनि