बैशाख २१, २०८१, शुक्रबार
               

शुक्रबार विप्लवले प्रशिक्षण दिने

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशमा रहेका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएका छन् । 

महासचिव विप्लवले शुक्रबार प्रवासमा रहेका नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएका हुन् । दिउँसो २ बजेदेखि जुममार्फत विप्लवले प्रशिक्षण दिने एक नेताले जानकारी दिए ।

नेपाली जनप्रगतिशील मोर्चा कतार र नेपाली जनप्रगतिशील बहराइनको आयोजनामा प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

महासचिव विप्लवले कपिलवस्तु शिवगढीबाट प्रशिक्षण दिने बताइएको छ ।

‘व्यपारिक भेदभावयुक्त शहरिया व्यवस्थापनको अन्त्य गरौं, गाउँबस्तीहरुलाई आफ्नै शैलीमा विकसित गरौं’ विषयक प्रशिक्षण कार्यक्रममा अस्पताल र कार्यालय व्यवस्थापनको लागि सहयोग हस्तान्तरण समेत हुने नेकपा (विप्लव समूह) ले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि