मंसिर ०७, २०८१, शुक्रबार
               

जसपाका ३ सांसद निष्कासनबारे जानकारी दिन लुम्बिनी प्रदेशसभामा बुझायो पत्र

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको बारे संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् ।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन् ।

पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि