जेठ ०१, २०८१, मंगलबार
               

कोटेश्वरमा नेपाल-दाहाल भेटवार्ता

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । प्रचण्डले नेपालको निवास कोटेश्वर पुगेर नेता नेपाललाई भेटेका हुन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् । सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् ।

सत्ता गठबन्धनबीचमा भागबण्डा नमिल्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । मन्त्रिपरिषद्मा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री देउवाले नै चलाइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि