जेठ ०१, २०८१, मंगलबार
               

मन्त्रालय भागबण्डा : कांग्रेसलाई ८, माओवादी र जसपालाई कति ?

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ ।

आज (विहीबार) बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले ७-७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक सहमति भएको एक नेताले जानकारी दिए । बाँकी तीन जनालाई राज्यमन्त्री बनाइने छ । 

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस, माओवादी र जसपाले मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।

कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा सहमति भए पनि सार्वजनिक भएको छैन ।

यो पनि