बैशाख २०, २०८१, बिहीबार
               

राष्ट्रिय योजना आयोगका उपाध्यक्षले लिए शपथ

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले डा पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

शपथग्रहण समारोहमा नेपाल सरकारका मन्त्री, सचिवलगायतको सहभागिता रहेको थियो । 
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई योजना आयोगमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।  


कस्तो लाग्यो ?

यो पनि