जेठ ०६, २०८१, आइतबार
               

सांसद पदमा पुनर्बहाली माग गरेका चार नेताको मुद्दा न्यायाधीश कार्कीको बेञ्चमा

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडौं । सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका पूर्वमाओवादी केन्द्रका चार जना नेताहरूको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ ।

माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । चारै नेताको मुद्दा न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । 

आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने दाबी  गरेका छन् । फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्री बनाएका थिए । चैत २४ गते माओवादीले पार्टीको विधानविपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

नेता भट्ट कैलाली क्षेत्र नम्बर-४, रायमाझी अर्घाखाँची, साह रौतहट-३ र चौधरी कैलाली-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि