बैशाख २५, २०८१, मंगलबार
               

जसपामा तीन नेतालाई मन्त्री छान्ने जिम्मा, नेताहरुको यस्तो सुझाव

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा तीन जना नेतालाई दिएको छ ।

आज (बुधबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो ।

यसअघि  आजै बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए । देउवाको आग्रहपछि दलहरुलाई मन्त्री छान्न दवाब परेको छ ।

बैठकमा धारणा राख्ने नेताहरुले मन्त्री छान्दा समावेशी सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताएका छन् । उनीहरुले पूर्वपार्टीको लिगेसी पनि हेरेर राम्रो काम गर्न सक्ने नेता छनोट गर्नुपर्ने सुझाव दिएका छन् ।

स्रोतका अनुसार जसपामा सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा पनि विवाद छ । कार्यकारिणी समितिका केही नेताले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा जानुपर्ने धारणा राखेका थिए भने केहीले यसअघि मन्त्री नभएकाहरुलाई पठाउनुपर्ने धारणा राखेका छन् ।

बुधबारको बैठकले जसपासँग एकीकरण भएको नेपाल लोकतान्त्रिक पार्टीको शिवलाल समूहका अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप गरेको छ ।

त्यस्तै केन्द्रीय समिति सदस्यहरुको नमावली अध्यावधिक गर्न मृगेन्द्र सिं यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहने गरी ५ सदस्यीय कार्यदल बनाएको छ । कार्यदललाई साउन १७ गतेभित्र काम सक्नुपर्ने जिम्मेवारी दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि