काठमाडौं । सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।