बैशाख २६, २०८१, बुधबार
               

५१ मध्ये उपेन्द्रको पक्षमा ३४ सदस्य, महन्थको पक्षमा १६ मात्रै

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् ।

निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो । सोहीअनुसार आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको आयोग स्रोतले जानकारी दिएको छ ।

यस्तै, महन्थ ठाकुरको पक्षमा भने १६ जना मात्र छन् । जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे । उनले कसैको पनि पक्ष र विपक्षमा आफू नरहेको भन्दै तटस्थ रहने निर्णय गरेका हुन् । यद्यपि कार्यकारिणी समिति सदस्यहरुको मत विभाजनबारे आयोगले आधिकारिक रुपमा केही खुलाएको छैन ।

निर्वाचन आयोगमा विचाराधीन रहेको जसपाको आधिकारिकतासम्बन्धी मुद्दामा आयोगले आजै फैसला दिने अपेक्षा गरिएको छ । जसपाका नेता तथा कार्यकर्ताहरु आयोगको फैसलाको प्रतिक्षामा छन् ।


कस्तो लाग्यो ?

यो पनि