बैशाख ०७, २०८१, शुक्रबार
               

जब हिसिलाले रेशम चौधरीलाई सोधिन्- तपाईंको नेता को हो ?

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । कारागारमा रहेका जसपा कार्यकारिणी समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवाद सनाखत गर्न निर्वाचन आयोगमा पुगे ।

कारागार (जेल) बाट सिधै आयोगमा पुगेका चौधरीलाई पत्रकारले तपाईं के गर्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । चौधरीले पार्टीभित्रका आपसी वैमनश्यमा आफूलाई किन बोलाइयो भन्ने प्रश्न नेताहरूसँग गर्ने बताए ।

त्यसपछि जसपा नेतृ हिसिला यमीले पत्रकार बनेर सोधिन्, ‘तपाईंको नेता को हो ?’ उनले तीनपटक सोधेपछि पनि रेशमले जवाफ दिएनन् । त्यसपछि उनले पत्रकारलाई भने- ‘मेरो पहिलो अध्यक्ष महन्थ ठाकुर हो, उहाँलाई भेट्छु । अनि उपेन्द्र यादवजीलाई भेट्छु ।’

हिसिला यमी पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा. बाबुरामा भट्टराईकी श्रीमती हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


कस्तो लाग्यो ?

यो पनि