बैशाख २६, २०८१, बुधबार
               

पार्टी विवादमा रेशम चौधरी तटस्थ

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन्  ।

डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् ।

उनले महाभारतको युद्दको प्रसंग जोड्दै महन्थ ठाकुर भिष्म पितामहतको संज्ञा दिएर उनले आफू दुवै पक्षमा नलागेको बताए ।

चौधरीले आफ्नो नैतिकताले पक्ष विपक्षमा सनाखत गर्न नदिएको बताए । उनले आफ्नो पक्ष र विपक्ष दुवै जसपा भएको बताए ।

‘आज जेलबाट आएर आएर पक्ष विपक्षमा सनाखत गर्न नैतिकताले दिएन,’ उनले भने, ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’

भिडियो


कस्तो लाग्यो ?

यो पनि