बैशाख १८, २०८१, मंगलबार
               

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आज पनि बस्ने भएको छ ।

आइतबारदेखि शुरु भएको नेपाल पक्षका नेताहरूको बैठक आज बिहान ११ बजे बुद्धनगरमा बस्दैछ । बैठक पार्टी एकताका विषयमा नै केन्द्रित हुने एमाले उपाध्यक्ष युवराज ज्ञवालिले जानकारी दिए ।

आइतबारको छलफलमा नेताहरूले अहिलेको स्थितिमा पार्टी एकता गरेर जानुको विकल्प नरहेको बताएका थिए । बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावकै सेरोफेरोमा रहेर छलफल भइरहेको छ ।

आइतबार एमाले एकताका लागि भन्दै दुवै तर्फका सांसदहरूले विघटित कार्यदलका सदस्यहरूसित छलफल गरेका थिए ।सासदहरूले पनि आफुहरुको अभियानलाई निरन्तरता दिने बताएका छन् । 

एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर छलफल गर्नुपर्ने दबाब बढे पनि दुई जनाको भेटवार्ता हुन सकेको छैन ।

एक सातादेखि दोस्रो तहका नेताहरू प्रयासरत रहे पनि ओली-नेपालबीच भेट हुन सकेको छैन ।

यो पनि