बैशाख २५, २०८१, मंगलबार
               

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाको सिफारिसमा उनलाई स्वास्थ्य राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त स्वास्थ्य मन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन्। लिटिल एन्जल्स विद्यालयका सञ्चालक समेत रहेका उनी प्याब्सनको अध्यक्ष पनि थिए।


कस्तो लाग्यो ?

यो पनि