बैशाख १६, २०८१, आइतबार
               

उपेन्द्र यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यलाई रिसोर्टमा राखिएको छ ।

ललितपुरको गोदावरीस्थित रिसोर्टमा ३२ कार्यकारिणी सदस्य रहेको बताइएको छ । 

निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार ‘हेड काउन्ट’ को आधारमा निर्णय सुनाउने भएपछि यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखिएको हो । 

पार्टीका नेता इस्तियाक राईले गोदावरीमा कार्यकारिणी सदस्यसँग छलफल भइरहेको बताए । उनले प्रशिक्षणसहित समसामयिक विषयमा छलफलको उद्देश्यका साथ रिसोर्टमा बसिएको दाबी गरे । 

यही बीच आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्ष भने सर्वोच्च अदालत पुगेको छ । ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताएका छन् ।

निर्वाचन आयोगले  विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि