बैशाख १६, २०८१, आइतबार
               

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आइतबार अध्यक्ष यालवलाई भेट्न विप्लव यादवको घर पुगेका हुन् ।

यादव निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए ।

अघिल्लो हप्तादेखि विप्लवले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।

विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा बादल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि