जेठ ०४, २०८१, शुक्रबार
               

खड्काको नेतृत्वमा गठित कार्यदलको बैठक बस्दै

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक आज (आइतबार) बस्दै छ ।

मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम-कारबाही सम्बन्धमा साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक अपराह्न ४ बजे बस्न लागेको हो । 

कार्यदलका सदस्य नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले अपराह्न ४ बजे बालुवाटारमा कार्यदलको बैठक बस्ने जानकारी दिए । केही दिनअघि सत्ता साझेदार दलहरूले कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो । 

कार्यदलमा कांग्रेसबाट संयोजक खड्कासहित ३, नेकपा माओवादी केन्द्रबाट २ र जनता समाजवादी पार्टी (जसपा) बाट २ जना सदस्य छन् । कार्यदलमा महामन्त्री खड्कासहित कांग्रेस नेता मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् । 

सरकारलाई काम गर्न सहज हुनेगरी कार्यदल बनाइएको र यसले मन्त्रालय बाँडफाँट, साझा नीति तथा कार्यक्रम र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई सुझाव दिइने माओवादी केन्द्रका नेता पुनले बताए ।

कार्यदलले कूटनीतिक क्षेत्रका अन्य र राजदूत नियुक्तिलगायतमा पनि गठबन्धन दलबीच भएका सहमतिका आधारमा नाम टुंगो लगाउनेछ ।


कस्तो लाग्यो ?

यो पनि