बैशाख २२, २०८१, शनिबार
               

कांग्रेसको तल्लो तहका अधिवेशन स्थगित

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

 नेपाली कांग्रेसले तल्लाे तहका सबै अधिवेशनहरू स्थगित गरेका छन् ।

शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पादधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हाे । 

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, क्रियाशील सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशनसमेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ । 

पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको बताइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि