बैशाख १५, २०८१, शनिबार
               

देउवाले नेम्वाङलाई सोधे- धारा ७६ (५) किन राखियो ?

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या किन गरेको भनी प्रश्न गरेका छन् । 

आफूलाई बारम्बार परमादेशको प्रधानमन्त्री भनेपछि नेम्वाङलाई संविधानको अपव्याख्या नगर्न ध्यानाकर्षण गराए । 'संविधान सभाध्यक्ष भएको व्यक्तिले संविधानको अपव्याख्या गर्न मिल्छ ? संविधानमा धारा ७६ (५) किन राखेको ?' नेम्वाङलाई प्रधानमन्त्री देउवाले प्रश्न गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै नेता नेम्वाङले सर्वोच्चको परमादेशबाट राज्यका अंगबीच सन्तुलन खलबलिएको बताएपछि जवाफमा देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा बढी नेम्वाङलाई थाहा भए पनि गलत व्याख्या गरेको आरोप लगाए । 

उनले भने, ‘पूर्वसभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनि हिँडनुभयो । त्यो संविधानमा ७६ (५) किन लेख्नु भयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला अब कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’

२८ असारमा सर्वोच्चले सं‌सद ब्युँताउँदै देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । त्यसयता एमालेले देउवा जनादेशले नभई परमादेशले प्रधानमन्त्री बनेको बताइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि