बैशाख १८, २०८१, मंगलबार
               

ओ‌लीजी सुध्रिएलान् कि भनेर मिठो बोल्छु, महाराजाको शैलीमा आदेश आउँछ : नेपाल

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीमा महाराजाको दम्भ कायम नै रहँदा एकतामा समस्या आएको बताएका छन् । आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीलाई श्री ५ को हुकुमको संज्ञा दिएका हुन् ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने-‘हिजो मात्रै राजामहाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनेँ । महाराजधिराजबाट आदेश आयो, आममाफीको हामी खुशी भयौं, गदगद भयौं ।’ 

ओलीप्रति टिप्पणी गर्दै उनले थपे, ‘डोरी जल्यो तर गाँठो उस्ताको उस्तै छ भनेजस्तै । म त मान्छे सुध्रिएलान् भनेर बस्छु, प्रवृत्ति उहीँ छ ।’

ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उनले बताए । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाए ।

उनले थपे-'पार्टीको अन्तरविरोधको मूल कारण के हो खोजी गर्नुस् । यो पद, प्रतिष्ठा र इगोको लडाइँ होइन, वैचारिक मान्यता र यहाँ देखा परेका वैचारिक विचलनसँग जोडिएका अन्तरविरोध हो । '

 


कस्तो लाग्यो ?

यो पनि