चैत १६, २०८०, शुक्रबार
               

जसपा विवाद टुंग्याउन आज निर्वाचन आयोगको इजलास बस्दै

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं ।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन आज पनि इजलास बस्दै छ ।

गत आइतबारदेखि आधिकारिकता विवाद टुंग्याउन छलफल थालेको आयोगले प्रमुख आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षसँग गरिएको छलफलले निकास नदिएपछि इजलास गठन गरेर विवाद निरूपणको प्रयास भएको हो ।

यसअघि बसेको इजलासले दुवै पक्षलाई आआफ्नो सक्कली कागजपत्र पेस गर्न आदेश दिइसकेको छ । इजलासले जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमत र अल्पमत हेरेर निर्णय लिने तयारी गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले आफूहरु नै आधिकारिक भएको दाबी गर्दै आफू अनुकुलका निर्णय गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि