बैशाख १८, २०८१, मंगलबार
               

भीम रावल भेट्न ट‍ोखा पुगे माधव नेपाल

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल एमाले उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । बुधबार बसेको नेपाल समूहको बैठकमा नेतम रावल अनुपस्थित भएपछि रावललाई भेट्न नेपाल उनको निवासमै पुगेका हुन् । 

साउन ३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन  सांसद पदबाट राजीनामा घोषणा गरेका रावल त्यसयता नेपाल समूहको कुनै पनि बैठकमा सहभागी भएका छैनन् । उनी ओली समूहले आयोजना गरेको बैठकमा पनि सहभागी भएका छैनन ।

पार्टी विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरिसकेको अवस्थामा त्यसलाई माधवकुमार नेपालले अस्वीकार गर्ने बताएपछि आफूले राजीनामा दिएको रावलले बताएका छन् । नेता नेपालले आफूलाई विश्वास नगरेको उनको भनाइ छ ।

एमाले विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलमा रावल नेपाल समूहबाट संयोजक थिए । उनले आफूलाई राजनीतिक रूपमा बेवकुफ बनाउने काम भएको समेत बताएका छन् । आफू निकटका सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदहरूसँगको सामूहिक भेटघाट गरी उनले त्यस्तो बताएका थिए । सुदूरपश्चिम क्षेत्रका नेताहरूले भने प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

मंगलबार काठमाडौं आइपुगेका सुदूरपश्चिम प्रदेश सरकारका ४ जना मन्त्रीसहित सांसदहरूले उपाध्यक्ष रावललाई उनको निवास टोखामा भेटेर यस्तो आग्रह गरेका थिए । यद्यपि उनले दिएको राजिनामाका विषयमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरिसकेको अवस्थामा नेता नेपालले त्यसलाई अस्वीकार गर्ने बताइएपछि रावलले राजीनामा दिएका थिए ।

पार्टी विवाद समाधान गर्न भएको १० बुँदे सहमतिलाई अक्षरशः पालना गरेर जानुपर्ने भएपनि त्यसको विपरीत गरिएको रावलले बताउदै आएका छन् । सरकारलाई समर्थन गरे माधव नेपाल पक्ष भइने र नगरे केपी शर्मा ओली पक्ष भइने अवस्था सिर्जना भएकाले आफूले एमाले एकताका लागि राजीनामा दिन बाध्य भएको रावलको भनाइ थियो ।
 

यो पनि