बैशाख १३, २०८१, बिहीबार
               

सरकारमा जाने मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ बनेको सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

बैठक दिउँसो २ बजे बस्ने स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहको भनाइ छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्रबाट दुई जना मात्रै मन्त्री छन् ।

सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री रहेका छन् । अरु भने कुनकुनसरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । त्यसै विषयमा आजको बैठक केन्द्रीत हुने बुझिएको छ । 


कस्तो लाग्यो ?

यो पनि