जेठ ०६, २०८१, आइतबार
               

उपेन्द्र समूह साउन १० पछि मात्रै‌ सरकारमा सहभागी हुने

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

काठमाडाैं । उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको हो । 

नेपाली कांग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा यादव समूहमा कसलाई मन्त्रीमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल भइरहेको छ । सरकारमा कसरी सहभागी हुने, को को जाने भन्नेमा पार्टीमा छलफल चलिरहेको र १० गतेपछि मात्रै टुङ्गो लाग्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । 

सरकार गठनबारे छलफलका लागि आज बिहान सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल छलफलमा जुटेका थिए । उता अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका जसपाको ठाकुर समूहले भने सरकारमा सहभागी हुने नहुनेबारे अहिलेसम्म मुख खोल्न सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि