बैशाख २६, २०८१, बुधबार
               

मोदी-देउवा फोन सम्वाद, भारतले कोरोनाविरुद्धको लडाइँमा सहयोग र सहकार्य गर्ने

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज टेलिफोनमा कुराकानी भएको छ ।

त्यसक्रममा मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको कामना गरेका छन् । संसदबाट विश्वासको मत प्राप्त गरेलगत्तै हिजो मोदीले ट्वीटरमार्फत देउवालाई बधाई तथा शुभकामना दिएका थिए ।

आज भएको दुई प्रधानमन्त्रीबीचको संवादमा मोदीले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सहयोग रहने बताएका छन् । 

उनले कोरोनाविरुद्धको लडाइँसहितका क्षेत्रमा भारत र नेपालबीच वृहत् सहकार्य रहने र थप काम गर्ने जनाएका छन् । 

यो पनि