जेठ ०८, २०८१, मंगलबार
               

माधव नेपाल कम्युनिस्ट आन्दोलनका गद्दार : ओली

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकले एकसाथ विवाद समाधान कार्यदलले बुझाएको दश बुँदे सहमति अनुमोदन गरेको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू भने अनुपस्थित थिए ।

सोमबारको छोटो समय बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णयविरुद्ध एमालेका २२ सांसदले मत दिनु पार्टीका लागि शर्मनाक भएको बताए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनको गद्दार भएको बताए ।

नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको प्रसंग उल्लेख गर्दै ओलीले नेता नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको बताए । 'अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’ ओलीले भने, 'पार्टीमा आउन चाहने साथीहरू आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।'

यो पनि