कात्तिक १६, २०८१, शुक्रबार
               

पार्टी बैठक बालुवाटारमा नराख्न देउवालाई गगन थापाको आग्रह

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले सरकारी निवास सरेको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठक राखेपछि थापाले यस्तो आग्रह गरेका हुन् ।

नेता थापाले ट्वीट गर्दै बलुवाटारमा पार्टी बैठक नराख्न गरेको अनुरोधमा सभापति देउवा सकारात्मक रहेको जानकारी पनि गराएका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं । उनले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला,’ थापाले ट्विटमा भनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि