बैशाख ०७, २०८१, शुक्रबार
               

विश्वासको मत पाएलगत्तै देउवालाई दिए मोदीले बधाई

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवालाई भारत र चीनका समकक्षीले बधाई दिएका थिएनन् ।

भारतीय प्रधानमन्त्री मोदीले चार दिनसम्म बधाई नदिँदा अर्थपूर्ण रूपमा हेरिएको थियो । कतिपयले देउवाले विश्वासको मत पाउन्जेल सन्देश नआउने लख काटेका थिए ।

आइतबार राति सामाजिक सञ्जालमार्फत मोदीले सफल कार्यकालको लागि देउवालाई शुभकामनासँगै सबै क्षेत्रहरूका साझेदारीलाई अझ बढाउने जनाएका छन् । 

यो पनि