बैशाख १४, २०८१, शुक्रबार
               

ओली पक्षका ४ सांसदसहित प्रधानमन्त्री देउवाले पाए १६५ मत

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसद्को पहिलो बैठकमै विश्वासको मत पाएका हुन् ।

देउवाले केपी ओली पक्षका ४ सांसदकाे मतसहित १६३ मत ल्याएका हुन् । ओली पक्षका ४ जना सांसदहरू प्रेम आले, किसान श्रेष्ठ, गोपाल बम र धनबहादुर बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका हुन् ।

देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त  भएका प्रधानमन्त्री हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मङ्गलवार उहाँलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन । सर्वोच्च अदालतले गत सोमबार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो । 

साथै, प्रतिनिधिसभा पुनर्स्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो । सोही अनुसार आइतबार संसद् बैठक बोलाइएको हो । प्रधानमन्त्री देउवाले विश्वासको मत नपाएको भए फेरि प्रतिनिधिसभा विघटनको खतरा थियो । 

अब विश्वासको मत पाएकाले एक वर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न मिल्दैन । यो सरकारले नयाँ सरकार गठन भएको दुई वर्ष र सरकार परिवर्तन भएको एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याएर बीचैमा सरकार ढाल्न नमिल्ने संवैधानिक प्रावधानको लाभ लिन सक्ने देखिन्छ । 

तर प्रतिनिधिसभाको कार्यकाल अव १७ महिना बाँकी छ । यसबीचमा कुनै गडबड नभए सम्भवत यो सरकार प्रतिनिधिसभाको पूर्ण कार्यकालसम्म कायम रहन्छ । 


कस्तो लाग्यो ?

यो पनि