बैशाख २३, २०८१, आइतबार
               

नेपाल पक्षका ४ सांसदले देउवालाई भोट नहाल्ने

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका चार जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । 
नेपाल पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् । उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बताइएको छ । यसअघि नेपाल पक्षका नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए तर, अर्का नेता घनश्याम भुसालले त्यसो गर्न नहुने बताएपछि रावलले सांसद पदबाटै राजीनामा दिएका छन् ।

रावलको राजीनामापछि नेपाल पक्षका नेताहरूले देउवाको पक्षमा मतदान गर्ने कि तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए ।
पदाधिकारीसहित स्थायी कमिटीका चार नेता तटस्थ बस्ने भएपछि माधव नेपाल समूहका २३ सांसदमध्ये अरू करिब आधा दर्जन सांसद तटस्थ बस्ने नीति लिनसक्ने देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि