राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपामा भावी नेतृत्वबारे खुला र सभ्य छलफल गर्न हामी कोही पनि डराउन नपर्ने बताएका छन् ।
राप्रपा अध्यक्ष डा. लोहनीले पार्टीको आधारभूत मान्यता र एजेन्डाको परिधिभित्र रहेर कसैप्रति व्यक्तिगत लान्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भावी नेतृत्वबारे खुला छलफल गर्नुपर्ने बताएका छन् ।
उनले आउँदो चार महिनाभित्र राप्रापाको एकता महाधिवेशनलाई सफल पारी राप्रपालाई राष्ट्रवादी प्रजातान्त्रिक दलको रूपमा देशको जिम्मेवारी लिन सक्ने सशक्त राष्ट्रवादी र प्रजन्तान्त्रिक दलको रुपमा देशको जिम्मेवारी लिन सक्ने शसक्तको रुपमा खडा गर्नु हाम्रो कर्तव्य भएको बताएका छन् ।
आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रताको हामीले सधैं संरक्षण गर्नुपर्ने र यही नै प्रजातान्त्रिक दलको एउटा मुख्य चिन्ह रहेकाे बताएका छन् ।