बैशाख २५, २०८१, मंगलबार
               

आँखा नझिम्क्याइ सरकारलाई हेरिरहने छौँ : ज्ञवाली

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले प्रमुख प्रतिपक्षीको रुपमा आफ्नो दलले आँखा नझिम्क्याइ  वर्तमान सरकारलाई हेरिरहने बताएका छन्। 

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले सरकारले गरेका सबै कर्महरुलाई आफ्नो दलले आँखा नझिम्क्याइकन हेरिरहने बताए। 

साथै ज्ञवालीले संविधानको धारा ७६ (५) को अपव्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आरोप लगाएका छन् । अदालतको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई खलबल्याएको तथा निर्दलीयताको अभ्यास लादेको दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि