बैशाख २४, २०८१, सोमबार
               

'देउवालाई विश्वासको मत दिऔं, अलमल नगरौं'

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । 

उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा रहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै देउवालाई मत दिन आह्वान गरेका हुन् । उनले आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गरेका छन्।

‘‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरूलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु।’

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । २८ असारमा सर्वोच्चको परमादेशले प्रधानमन्त्री बनेका देउवालाई नेकपा एमालेको २३ सांसदसहित १४६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए।उनले देउवाले विश्वासको मत प्राप्न नगरे मुलुक फेरि संकटग्रस्त हुने टिप्पणी गरेका छन्।


कस्तो लाग्यो ?

यो पनि