जेठ ०३, २०८१, बिहीबार
               

घिमिरेमाथि कुटपिट गर्नेलाई कारबाही गर्न देउवाको निर्देशन

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

नेपाली काँग्रेसले पार्टीका केन्द्र‍ीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कार्वाही गर्ने भएको छ । 

प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आशन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित छानबिन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरूलाई कार्वाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणको सो घटनामा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कार्वाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बस्नेत नेतृत्वको टोलीले शुुक्रबार विहान पार्टीका केन्द्रिय सदस्य एवम क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानवीन समितिले काम गरिरहेको प्रवक्ता शर्माले बताए ।  बैठकले महाधिवेशनको क्रममा कुनै खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ ।


कस्तो लाग्यो ?

यो पनि