जेठ ०२, २०८१, बुधबार
               

माओवादी संसदीय दलको बैठक आइतबार बस्ने

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

आइतबार बिहान नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैछ । माओवादी केन्द्रले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान ११ बजे बैठक बोलाएको हो ।

भोलि बिहानलाई बैठक बोलाएको जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताए ।

बैठकमा पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । भोलि अपराह्न ४ बजे नै सर्वोच्च अदालतद्वारा पुनर्स्थापित प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पनि बस्दैछ ।


कस्तो लाग्यो ?

यो पनि