जेठ ०२, २०८१, बुधबार
               

ओली भेट्न बालकोट पुग्यो ठाकुर टोली

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । नेता ठाकुरका साथमा राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन् । ओली सत्ताबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक ओलीसँग भेट गरेका हुन् ।

जसपा नेता राजेन्द्र महतो नेतृत्वमा जेठ २१ गते सरकारमा सहभागी भएको थियो  । तर, असार ८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषद् असंवैधानिक ठहर गरेपछि उपप्रधानमन्त्री बनेका महतोको पद गएको थियो । 

असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली नै सत्ताबाट बाहिरिए । जसपाको उपेन्द्र यादव पक्षले कांग्रेसलाई समर्थन गर्दै आएको छ भने, ठाकुर समूहले एमालेको ओली पक्षलाई समर्थन गरिरहेको छ । यसैकारण जसपा विवाद उत्कर्षमा पुगेको छ ।

जसपा विवादबारे आइतबार निर्वाचन आयोगमा छलफल हुने कार्यक्रमसमेत रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि